Category->आगामी योजना

आगामी योजना

राजनीति नीतिहरूको पनि मूल नीति भएकाले यो गतिशील भए मात्र समाज गतिशील हुन्छ । गतिशील सामाजिक, आर्थिक र राजनीतिक दृष्टिकोण एवं संरचनाले मात्र मानवजातिको हित सुरक्षित गर्न सक्छ भन्ने मेरो ठम्याइ हो । यसर्थ, मेरो भावी लक्ष्य राजनीतिसँग कसिलो सम्बन्ध बनाउँदै त्यसलाई जुझारु, नयाँ र परिणाममुखी बनाउनमा केन्द्रित हुने छ ।

साथै, न्याय, विकास र शान्तिका माध्यमद्वारा विश्वमा मानवता हासिल गर्न प्रविधिको उपयोग गर्दै मेरो नेतृत्वमा विभिन्न अभियान सञ्चालनको तयारी भइरहको छ । सम्भवतः यो अभियान २०२१ जनवरीसम्ममा घोषणा हुने छ । यसका लागि मेरो नेतृत्वमा हाम्रो टिम प्रविधिमा आधारित ‘नयाँ प्रोडक्ट’ लन्च गर्ने तयारीमा अहोरात्र खटिरहेको छ । यसको मुख्य कार्यालय अमेरिकामा हुने छ । नेपालबाट त्यससम्बन्धी अक्तिरिक्त काम गरिनेछ । यावत् योजनासँगसँगै मैले सन् २०२२ भित्रमा विश्वबजारका लागि पुस्तक लेख्ने तयारी गरिरहेको छु । त्यसका लागि विश्वकै प्रख्यातमध्येको एक प्रकाशकसँग छलफल चलिरहेको छ । मेरो ‘देश किन बनेन’ पुस्तकको भव्य सफलतापछि समृद्धिमा आधारित अर्को पुस्तक चार महिनाभित्र नेपाली बजारमा ल्याउने तयारी भइरहेको अवगत गराउन पाउँदा औधी खुसी लागेको छ ।

साझेदार

शिर्स