Category->न्युज

अभियन्ता प्रकाश विकल्पको ‘समृद्धिको रोडम्याप’ बजारमा

लोकपाटी न्यूज

काठमाडौं। सुशासनका अभियन्ता एवं लेखक प्रकाश विकल्पको पुस्तक ‘समृद्धिको रोडम्याप’ आजदेखि बजारमा आएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस्तकको विमोचन गरेका छन्।

भौतिक विकास मात्र नभई मानवीय, आर्थिक र सामाजिक विकास समृद्धिको मानक भएको विषय पुस्तकमार्फत उठान गरिएको छ। साथै सुशासनमा जोड दिँदै राजनीतिक नेतृत्वले विगतको पाठ सिक्दै गल्ती नदोहोरिने प्रतिबद्धता जनाउनुपर्ने सुझाइएको छ। लेखकले यो पुस्तक मात्र नभएर समृद्धिको अभियान पनि भएको बताएका छन्। ‘विकास र समृद्धिको लागि विज्ञानको आवश्यकतालाई यसले वकालत गरेको छ’, विकल्पले भने।

विमोचन कार्यक्रममा पुस्तकमाथि लेखक तथा नागरिक अगुवा युग पाठक र राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले टिप्पणी गरे। सो पुस्तक इन्डिगो इङ्कले प्रकाशन गरेको हो। ‘देश किन बनेन ?’ पुस्तक ल्याइसकेका विकल्पले दोस्रो सिर्जनाको रूपमा ‘समृद्धिको रोडम्याप’ पस्किएका हुन् ।

Published By: lokpati.com 

अभियन्ता प्रकाश विकल्पको ‘समृद्धिको रोडम्याप’ बजारमा

साझेदार

शिर्स