सुशासनका अभियन्ता एवं लेखक प्रकाश विकल्पको पुस्तक ‘समृद्धिको रोडम्याप’ सार्वजनिक भएको छ ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस्तकको विमोचन गरेका हुन् ।
भौतिक विकास मात्र नभई मानवीय, आर्थिक र सामाजिक विकास समृद्धिको मानक भएको कुरा पुस्तकमा जोड दिइएको छ ।राजनीतिक नेतृत्वले विगतबाट पाठ सिक्दै गल्ती नदोहोरिने प्रतिबद्धता जनाउनुपर्ने कुरा पुस्तकमा सुझाइएको छ ।
विमोचन कार्यक्रममा पुस्तकमाथि लेखक तथा नागरिक अगुवा युग पाठक र राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले टिप्पणी गरे ।
इन्डिगो इंकले प्रकाशन गरेको पुस्तकको मूल्य ४ सय ९९ रुपैयाँ रहेको छ । विकल्पको यो दोस्रो पुस्तक हो । यसअघि उनले ‘देश किन बनेन ?’ पुस्तक लेखेका छन् ।
Published by: shilapatra.com
https://shilapatra.com/detail/53349?fbclid=IwAR3FavA3C3TDmvBCL7d6FrBIlLxTwsuVYEri1SbpxMDyNniLD5dmirDHeVw