म सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्था, समूह र व्यक्तिसमेतलाई अनुरोध गर्न चाहन्छु– यदि तपाईं मेरो बुझाइ, विचार र भावी योजनाप्रति सहमत हुनुहुन्छ भने मलाई आर्थिक तथा प्राविधिक सहयोग गर्न सक्नु हुनेछ । मेरो बुझाइ र कामलाई अझ परिस्कृत, परिपक्व एवं परिणाममुखी बनाउन तपाईंहरूसँगको सहकार्य कोशेढुंगा सावित हुने विश्वास लिएको छु । म यहाँहरूसँग हातेमालो गर्न सदैव उत्सुक रहनेछु । त्यसका लागि मेरो इमेल वा फोन नम्बरमार्फत् जोडिएर हामी घनिभूत छलफल गर्न सक्ने छौं ।