Category->उदघोस

मेरो उद्घोष

जीवन अप्रकाशित पुस्तक हो, निरन्तर सम्पादन गर्नुपर्छ । यही चेनताका बलमा रुढिवादी सामाजिक–सांस्कृतिक सत्ताका विरुद्ध म सधैँ अविचलित रूपमा अडिग रहनेछु । धार्मिक मूल्य मानवजातिको हितमा थिएन, छैन र कहिले पनि हुनै सक्दैन– यो मेरो निष्कर्ष हो । यसर्थ, म कुनै पनि धर्मको समर्थक होइन । प्रकृति, विज्ञान र मानवतावाद (प्राविमावाद) हासिल गर्न जीवनभरि निरन्तर प्रयत्न गरिरहने छु ।

मानवजातिको विकासक्रम र त्यसको सैद्धान्तिक स्रोतमाथि थप गहन अध्ययन–अनुसन्धान गर्दै वर्तमान सामाजिक, आर्थिक र राजनीतिक मूल्य परिवर्तन गरी वैज्ञानिक समाज निर्माणमा योगदान गर्नु मेरो ध्येय हुने छ । सामाजिक न्याय, विकास र शान्तिसहित मानवताका लागि विभेद र युद्धको सधैँ खिलाफमा हुने छु । म प्राविमावाद विपरीतका कुनै पनि गतिविधि गर्ने छैन र विगतमा मबाट त्यस्तो भएको भए सम्बन्धित सबैसँग क्षमा चाहन्छु ।  मेरो जीवन वर्तमान सामाजिक, आर्थिक र राजनीतिक संस्कारको ‘प्लेट’ नै परिवर्तन गरी विश्व मानवजातिको अग्रगतिका  खातिर समर्पण गर्दछु ।

साझेदार

शिर्स