प्रकाश विकल्पद्वारा लिखित पुस्तक ‘एन्टिथेसिस’ लोकार्पण समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र त्रिभुवन विश्वविद्यालयकी पूर्वरेक्टरसमेत रहेकी स्रष्टा डा. सुधा त्रिपाठीले फरक-फरक दुई महत्त्वपूर्ण अभिव्यक्ति दिए । बाबुरामले एन्टिथेसिस जस्तो पुस्तक राज्यद्वारा छपाएर वितरण गरिनुपर्ने बताउँदा सुधाले यस्तो पुस्तक विश्वविद्यालयका कोर्षहरूमा राखिनुपर्नेमा जोड दिइन् । त्यसबेला मलाई मनमा अनेकन् जिज्ञासाहरू आएका थिए । पुस्तक कस्तो छ ? के-के विषय समेटिएका छन् ? आदिइत्यादि । किन पनि भने मैले त्यसबेलासम्म पुस्तक पढिसकेको थिइनँ, भर्खर लोकार्पण हुँदै थियो ।
Full News : https://www.nepalviews.com/2024/08/24/306992/