Mr. Prakash Bikalpa is a thinker, researcher, and writer. His three books have been published so far, including 'Antithesis'. Dozens of study reports have also been published under the leadership of Mr. Bikalpa. He has worked at the policy-making level of the federal and provincial governments of Nepal. He has leadership experience in national and international organizations and is currently working in scientific research.
Life is an unpublished book that is required to be constantly edited - Bikalpa
The conservative society is not only a stone-worshiping society; it is a confused society. It is a discriminatory, status-quo, and anti-science society. A society of superstitious, backward, and servants of God - Bikalpa
Looking at the development of human beings for thousands of years, the series of rebels for progress and backwardness is long. However, the outcome of all rebels is the same; that is, forward rebels are successful and backward rebels fail - Bikalpa
It can be not only difficult but also risky for the initiator to establish a new commentary. However, gradually his or her views are established, and eventually it becomes a social view. This is the process of social transformation - Bikalpa
Whether it's a new life or a new country, building things starts with the brain. No one can stop the excellent results after making the brain new. Inventing something new is once again science - Bikalpa
A goal propels a person into constant motion. Motion creates energy. Energetic people have the ability to overcome obstacles - Bikalpa
Nothing changes in the situation until you agree; there is nothing left to change when you disagree - Bikalpa
Anti-science policy is not only a status quo policy but also an anti-development policy. It is a policy against facts, progress, and change. It is a policy against equality and equality - Bikalpa
A country becomes a country when its rulers are creative, eager, visionary, dynamic, and dedicated to the national interest. A country is miserable when it is guided by a visionless, status quo, and jobber mentality - Bikalpa
It is an irrefutable truth that scientific awareness, experimentation, and knowledge lead to success, and non-scientific awareness, experimentation, and knowledge make them fail. Therefore, changing the fruit requires changing the seed - Bikalpa
A country where people do not want to live, a country where people do not see the future of themselves and their children, a country where citizens do not have hope, trust, and faith in politics and the state, is a failed country - Bikalpa
Feeling 'yes' as 'no' and 'no' as 'yes' is an illusion. Confusion is the cause of most problems. Religion says yes to 'no' and no to 'yes'. Therefore, religion is an illusion and a problem - Bikalpa
Being able to see the vastness within the subtlety and the subtlety within the vastness is the characteristic of an extraordinary person - Bikalpa
God and religion are the worst and most wrong things that human beings have ever created. It makes people servants of God and ruins them in all aspects - Bikalpa
There are some exceptional people in the crowd of ordinary people. A new situation, order, and era begin with the pioneering and experimenting of those exceptional people. Such exceptional people are the real changemakers - Bikalpa
If you want to change yourself and become a successful person, start understanding time in seconds. When you understand the meaning of seconds, you understand the meaning of moments - Bikalpa
To understand the language I speak, you must already understand my language. You don't understand my language and insult me. Try to understand my language. Try to hear what I am saying - Bikalpa
The brain is like land. It has to be mined and cultivated. Cultivating the brain means learning new things - Bikalpa
Every ordinary person has the potential to become extraordinary. The question is, will they be ready to walk the path of an extraordinary person or not? - Bikalpa
Humans have not come so far from the primitive age to the age of AI. Nor did people come this far by waiting for gradual changes. People have come this far through war, struggle, and experimentation - Bikalpa
The human brain is like a computer; it runs whatever is programmed - Bikalpa
आज विश्वमा जति पनि लडाइँ, झगडा र असमझदारी छन्, ती सबैको कारण अन्याय, असमानता, विभेद र उत्पीडन हो । उत्पीडित व्यक्ति, समाज वा देशले मुक्तिका खातिर सङ्घर्ष गर्छ भने उत्पिडक व्यक्ति, समाज वा देशले वर्चश्वको निरन्तरताका लागि सङ्घर्ष गर्छ । - विकल्प
रुढिवादी समाज केवल ढुङ्गो पूजा गर्ने समाज मात्र होइन, भ्रमित समाज हो । विभेदकारी, यथास्थितिवादी र विज्ञान विरोधी समाज हो । अन्धविश्वासी, पश्चगामी र ईश्वरका दासहरूको समाज हो । - विकल्प
हजारौँ वर्षको मानवजातिको विकासक्रम हेर्दा अग्रगामन र पश्चगामनका लागि भएका बिद्रोहको शृंखला लामो छ । तर, सबै बिद्रोहको परिणाम एउटै छ, त्यो हो अग्रगामी बिद्रोह सफल र पश्चगामी बिद्रोह असफल । - विकल्प
इनिसिएटरलाई नयाँ भाष्य स्थापित गर्न कठिन मात्र होइन जोखिमपूर्ण पनि हुन्न सक्छ । तर, क्रमशः उसको विचार–दृष्टिकोण स्थापित हुँदै, अन्ततः त्यो सामाजिक दृष्टिकोण बन्न जान्छ । समाज विकासको प्रक्रिया नै यही हो । - विकल्प
नयाँ जीवन होस् वा देश, निर्माण गर्ने कुराको सुरुवात हुन्छ, मस्तिष्कबाट ।’ मस्तिष्कलाई नयाँ बनाएपछि उत्कृष्ट परिणाम कसैले रोक्न सक्दैन । नयाँ बनाउनु भनेको फेरि पनि विज्ञान पक्रिने कुरा नै हो । - विकल्प
लक्ष्यद्वारा निर्दिष्ट मान्छे निरन्तर गतिमा हुन्छ । गतिले ऊर्जा पैदा गर्दछ । ऊर्जावान् मान्छेले बाधा छिचोल्ने सामथ्र्य राख्दछ । - विकल्प
गरिब देशलाई निश्चित समयमा समृद्ध बनाउन देश चलाउन मात्र जानेका नेताका हातबाट देश बनाउन सक्ने अग्रगामी भिजन भएका युवा पुस्ताले पार्टी र राज्य सत्ता खोस्नुपर्दछ । - विकल्प
चलनचल्तीको लोकतन्त्र विज्ञान नभएर केवल बहुसंख्यकवाद हो । यो व्यवस्थामा अल्पसंख्यक, उत्पीडित जाति, क्षेत्र, लिङ्ग आदिलाई आरक्षणका नाममा केवल दयाको पात्र बनाइन्छ । २१ औँ शताब्दीमा कोही पनि मान्छे दयाको पात्र बनिरहन सक्दैन । अल्पसंख्यक नै किन नहोस्, प्रतिनिधित्व उसको राजनीतिक अधिकार हो, सिधा प्राप्त हुनुपर्दछ । - विकल्प
तपाईं सहमत हुँदासम्म स्थितिमा केही पनि परिवर्तन हुँदैन । तपाईं असहमत हुँदा परिवर्तन हुन केही पनि बाँकी रहँदैन । - विकल्प
कुनै एक ठाउँ र क्षेत्रमा मात्र समस्या भए नेतृत्वको ध्यान नपुगेको भन्न सकिन्छ । तर, सर्वत्र समस्या हुनु र हावापानी नै खराब हुने ठाउँमा देश पुग्नु भनेको नेतृत्वको असफलता हो । - विकल्प
नेपालीले समृद्धि नखोजेको र नेताले समृद्धि नदिने भनेको होइन । तर, आजसम्म पनि समृद्धि हात नपर्नुमा राजनीतिक दल र नागरिक तहबाट परिणामविहीनताको कारण खोज्ने प्रयास नभएर हो । - विकल्प
हिजोदेखि एकलौटी खाईपाई आएको जाति, वर्ग, लिङ्ग र समुदायले आफ्नो वर्चश्वको निरन्तरता हुनुलाई राष्ट्र मान्दछ । सयौँ÷हजारौँ वर्षदेखि अन्याय र उत्पीडनमा पारिएको जाति, वर्ग, लिङ्ग र समुदायले न्याय र बराबरी अधिकार पाउनुलाई राष्ट्र मान्दछ । - विकल्प
विज्ञान विरोधी नीति भनेको फगत यथास्थितिवादी नीतिमात्र होइन, विकास विरोधी नीति पनि हो । परिणाम विरोधी नीति हो । तथ्य, अग्रगमन र परिवर्तन विरोधी नीति हो । समानता र बराबरीको प्रतिकूल नीति हो । - विकल्प
राज्य सञ्चालक सृजनशील, उत्सुक, भिजनरी, गतिशील र राष्ट्रिय हितमा समर्पित हुँदा देश बन्छ । लोसे, भिजनविहीन, यथास्थितिवादी र जागिरे मानसिकताबाट निर्देशित हुँदा देश दयनीय हुन्छ । - विकल्प
वैज्ञानिक ज्ञान, चेतना र प्रयोग हुँदा सफल र अवैज्ञानिक ज्ञान, चेतना र प्रयोगले असफल हुने कुरा अकाट्य सत्य हो । त्यसकारण, फल परिवर्तन गर्नका लागि बिउ परिवर्तन गर्नुपर्ने हुन्छ । - विकल्प
जुन देशमा मान्छे बस्न चाहँदैनन्, जुन देशमा मान्छेले आफ्नो र सन्तानको भविष्य देख्दैनन्, जुन देशको राजनीति र राज्यप्रति नागरिकमा आशा–भरोसा र विश्वास छैन, त्यो असफल देश हो । - विकल्प
भ्रष्टाचारको समुचित अन्त्य गर्न भ्रष्टाचारको प्रारम्भिक स्रोतमै हस्तक्षेप गर्नुपर्छ । प्रारम्भिक स्रोतमा हस्तक्षेप गर्न पहिले प्रारम्भिक स्रोतको पहिचान गर्नुपर्ने हुन्छ । - विकल्प
‘हो’लाई ‘होइन’ र ‘होइन’लाई ‘हो’ लाग्नु नै भ्रम हो । भ्रम अधिकांश समस्याको कारण हो । धर्मले ‘होइन’लाई हो भन्छ र ‘हो’लाई होइन भन्छ । त्यसकारण, धर्म भ्रम र समस्या हो । - विकल्प
सूक्ष्मताभित्र विशालता र विशालताभित्र सूक्ष्मता देख्न सक्नु नै असाधारण मान्छेको विशेषता हो । - विकल्प
मान्छेले आजसम्म रचना गरेकामध्ये सबैभन्दा खराब र गलत कुरा ईश्वर र धर्म हो । यसले मान्छेलाई ईश्वरको दासमा मात्र सीमित गरेन, सम्पूर्ण हिसाबले बर्बाद समेत गरिदियो । - विकल्प
आम मान्छेको भीडमा केही अपवाद मान्छे हुन्छन् । तिनै अपवाद मान्छेले प्रकट गर्ने अग्रगामी विमति र प्रयोगले नै नयाँ अवस्था, व्यवस्था र युग प्रारम्भ हुन्छ । त्यस्ता अपवाद मान्छे नै सच्चा परिवर्तनकारी हुन् । - विकल्प
आफूलाई बदल्ने र सफल मान्छे बनाउने हो भने समयलाई सेकेन्डमा बुझ्न थाल्नुस् । सेकेन्डको महŒव बुझे पलपलको महŒव बुझिन्छ । - विकल्प
मैले बोलेको भाषा बुझ्नुपहिले नै तिमीले मेरो भाषा बुझिसकेको हुनुपर्छ । तिमी मेरो भाषा बुझ्दैनौ अनि मलाई गाली गर्छौ । कोसिस त गर मेरो भाषा बुझ्न । कोसिस त गर मैले के भनिरहेको छु, सुन्न । - विकल्प
मस्तिष्क खेतबारीजस्तै हो । यसलाई खनजोत गर्ने, बाली लगाउने र गोडमेल गर्ने काम गर्नुपर्छ । मस्तिष्कमा बाली लगाउनु भनेको नयाँनयाँ कुरा सिक्नु हो । जसरी खेतीपाती नगरिएको बाँझो जमिनलाई झारपातले छोप्छ, ठीक त्यस्तै अवस्थामा पुग्छ– नयाँ कुरा नसिक्ने मस्तिष्क पनि । - विकल्प
कृत्रिम बौद्धिकताले मान्छेले जस्तै अरूको मनोविज्ञान बुझ्ने र विभिन्न कुरा सृजना गर्न सक्ने भएकाले कृत्रिम बौद्धिकता मान्छेकै अझ उन्नत पुस्ताजस्तो बनेको छ । - विकल्प
हरेक साधारण मान्छेसँग असाधारण मान्छे बन्ने क्षमता हुन्छ । सवाल यत्ति हो, ऊ असाधारण मान्छे हिँडेको बाटो हिँड्न तयार हुन्छ कि हुँदैन । - विकल्प
आदिम युग पार गर्दै एआईको युगसम्म मान्छे यत्तिकै आएको होइन । न त क्रमिकरूपमा हुने परिवर्तन कुरेर मान्छे यहाँसम्म आइपुगेको हो । मान्छे त अभाव र तत्तत् समयको मूल्यकाविरुद्ध आफूलाई खडा गर्दै युद्ध, सङ्घर्ष र प्रयोगका माध्यमले यहाँसम्म आइपुगेको हो । - विकल्प
मानव मस्तिष्क कम्प्युटरजस्तै हो, जे प्रोग्राम हाल्यो त्यही चल्छ । जसरी नहालेको प्रोग्रामका बारेमा कम्प्युटर बेखबर हुन्छ र त्यसलाई अस्वीकार गर्दछ, ठीक त्यस्तै मान्छेको मस्तिष्कले पनि जति नै राम्रो किन नहोस्, मस्तिष्कमा ‘इन्स्टल’ नगरेको प्रोग्राम अस्वीकार गर्दछ । - विकल्प