Category->Book Review

ओडारदेखि एआईसम्म

मान्छे सफल बन्न, देश समृद्ध बनाउन र पृथ्वीको मात्र होइन, ब्रह्माण्डकै रक्षाका लागि मान्छेको कर्तव्य र भूमिका कस्तो हुनुपर्छ भन्ने भाव, तथ्य र वैज्ञानिक तर्कद्वारा स्पष्ट खाका कोरेको देखिन्छ पुस्तकमा। यस्तै, हिजो, आज र भोलिको समाज, राजनीति, राज्य नीति, प्रणाली र समयको गतिलाई एन्टिथेसिसका कोणबाट हेर्ने जमर्काे पाइन्छ। पृष्ठ ११ मा अग्रगमन र पुनरुत्थानवाद दुवै शक्तिलाई गहिरो रूपमा चिरफार गरिएको छ। लेखकले परम्परावादी अवैज्ञानिक विचार, कार्य र प्रणालीमाथि निर्मम भएर प्रश्न गरेका छन्। आजको २१औं शताब्दीमा पनि अन्धविश्वास, रुढीवादी परम्परा र धर्म संस्कारमाथि विश्वास गरेर बस्नु हुँदैन भनेका छन्। त्यसको सट्टा वैज्ञानिक खोज अध्ययन, अनुसन्धानमा लाग्नुपर्ने बहस गरेको पाइन्छ।

 

Review Details : https://www.annapurnapost.com/story/467440/

TOP